Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


    शुक्रबार, असोज ७ २०७९
    485
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दार्चुलाको अपिहिमाल गाउँपालिका–५ गोगनपानीमा हिजो बेलुका जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा जिपमा सवार सोही गाउँपालिका–६ का १८ वर्षीय दिनेश धामी रहेका छन् । 

    घाइते भएका जिप धनी र चालकलाई उपचारका लागि लाटीनाथ स्वास्थ्य चौकी लगिएको छ । 

    सेल्बिघाटबाट मकरीगार्डतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको यात्रुबाहक जिप हिजो बेलुकी सवा ८ बजे ब्रेक फेल भएर सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो । 

    जिपमा सवार अन्य २ जना यात्रु भने शकुसल रहेको इलाका प्रहरी कार्यालय लाटीनाथ दार्चुलाले बताएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार