काठमाडौं। निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले उक्त विज्ञप्तिमा सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन उल्लेख गरेको छ ।
आसन्न निर्वाचन हुन लागेको अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा वाधा उत्पन्न हुने भएकाले आयोगले निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।