दैलेख । मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । गुराँस गाउँपालिका १ का भुपेन्द्र बहादुर रामजाली र सोही ठाउँ बस्ने सेते बिकको घरमा राखिएको मोटरसाइकल चोरी भएको हो । चोरी गरेको अभियोगमा अभियोगमा प्रहरीले ४ जनालाई आज बिहीबार बिहान गरेको छ ।
पक्राउ पर्नेहरूमा चामुन्डा बिन्द्रासैनी नगरपालिका ८ का बिनोद शाही, रितिक शाही, दिनेश शाही र सोही
नगरपालिका-४ का किशोर रहेका छन् । चारै जनालाई भुपेन्द्र बहादुरको घरको बरण्डामा
राखेको लु.८० प २०१८ नम्बरको मोटरसाइकल र सेतेको घरभित्र कोलियामा राखिएको क.प्र.०२-००१ प २०९ नम्बरको मोटरसाइकलको ह्यान्डिल लक तोडेर मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइररहेको प्रहरीले जनाएको छ ।