Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  श्रीमतीको हत्या आरोपमा श्रीमान्  पक्राउ 


    बिहिबार, असोज ६ २०७९
    500
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा ३६ वर्षीय शेरबहादुर नामजाली मगरलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।

    बिहीबार बिहान आफ्नी ३३ वर्षीय श्रीमती ललिता नाम्जाली मगरको हत्या गरी फरार रहेको उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    आफ्नै श्रीमतीको हत्यासँगै १७ वर्षीय छोरी लक्ष्मी नाम्जाली मगरलाई पनि उनले कृटपिट गरेको आरोप छ।

    कृटपिटबाट उनको टाउकोमा चोट लागेको छ।

    यस्तै १२ वर्षीय छोरा विजय नाम्जाली मगर पनि घाइते छन्। लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

    श्रीमतीको हत्या र छोराछोरीलाई कुटपिट गरेर भागेका शेरबहादुरलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसधान सुरू गरेको प्रहरीको भनाई छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार