Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लगनगाठो कस्दै अभिनेता बुद्धि तामाङ


    बिहिबार, असोज ६ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । चर्चित कलाकार बुद्धि तामाङले भोलि शुक्रबार लगनगाठो कस्ने भएका छन्। उनले मकवानपुरकी अनु थिङसँग (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको विवाह समारोहमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

    अनुसँग उनले मागी विवाह गर्न लागेका हुन् । साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट चर्चित भएका थिए ।

    ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको अभिनेता बुद्धिले बताए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार