Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवलपरासीमा बसबाट खसेर परिचालकको ज्यान गयो 


    बिहिबार, असोज ६ २०७९
    575
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। 

    मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन् । 

    बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बरको माइक्रोबसको ढोकाबाट हिजो साँझ सवा ६ बजे चौधरी खसेका थिए । 

    बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार