Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चलचित्र विकास बोर्डले ‘प्रेम गीत ३’ को हिन्दी भर्सनलाई अनुमति दियो 


    बुधबार, असोज ५ २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। चलचित्र ‘प्रेम गीत ३’को हिन्दी संस्करण पनि अन्तत रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले फिल्म ‘प्रेम गीत ३’ को हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको छ । पछिल्लो समय प्रेमगीत चल्न नदिन चलचित्र विकास बोर्डका अध्यक्ष एवं नायक भुवन केसीले अनेक योजना बनाइरहेको प्रदीप खड्काले हालै विवादस्पद अभिव्यक्ति दिएपछि फिल्म विवादमा तानिएको थियो। 

    हालै वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार