Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज असोज ५ गते बुधबारको राशिफल


    बुधबार, असोज ५ २०७९
    425
    Shares
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज कडा परिश्रम व्यर्थै खेर जान सक्छ । वैदेशिक कार्यमा अवरोध हुनेछ । कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

     

    हाम्रो पात्रोबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार