Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बरको रुखमा कार ठोकिँदा दुई जनाको मृत्यु, चार घाइते


    मंगलबार, असोज ४ २०७९
    555
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । झापामा कार अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।  सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरीको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.१४च ९१०८ नम्बरको कार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी–१० मा दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो । 

    अत्यधिक गतिका कारण आफैँ अनियन्त्रित भएको कार बरको रूखमा ठोक्किएको थियो । दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा रिता चौधरी, तेजन चौधरी, बिबिसन दास र राजेश चौधरी छन् । उनीहरूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार