Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  रुकुममा १० वर्षीय बालक मृत फेला


    मंगलबार, असोज ४ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा  फेला  परेको  छ ।   

    जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय  विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो  । 

    विजयकी आमा मकै बारीमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।  प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव  बायाँ  खुट्टा  छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ ।   स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार