काठमाडौं। काठमाडौंको गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद दर्जीको उपचारका क्रममा निधन भएको छ ।
मोटरसाइकलमा आएका तीनले चलाएको गोली लागेर दर्जी घाइते भएका हुन् । घाइते उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो ।