काठमाडौँ । दशैं नजिकिएसँगै गाउँघरमा खसी चोर्ने व्यक्तिहरु सक्रिय हुन थालेका छन् । हालै सिन्धुलीमा तीन वटा खसी चोरी भएका छन् ।
स्थानीय शंकर श्रेष्ठले जंगलमा चराउन लिएका ती खसीहरु चोरी भएका हुन् । उक्त खसी चोरेको आरोपमा गाउँकै तीन जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय सुरेन्द्र घलान, राम बहादुर वाईबासहित तीन जना रहेका छन् । उनीहरुले जंगलबाट चोरी गरेर शनिबारे हटियामा उक्त खसी बिक्री वितरण गर्ने क्रममा अस्ति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।
उनीहरु तीनै जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।