काठमाडौँ । तेह्रथुमको एक होटलमा १५ वर्षीय बालिका बलाकृत भएकी छन् । ती बालिका लालिगुराँस नगरपालिका २ बसन्तपुरमा रहेको होटलमा बलाकृत भएको प्रहरीले जनाएको छ ।
उनलाई होटलमा लिएर जबरजस्ती करणी गरेको आरोपमा सोही नगरपालिका९१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बु पक्राउ परेका छन् । गएराति बसन्तपुरबाट खटिएको प्रहरीले आरोपी लम्बुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बताएको छ ।