काठमाडौँ। छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने भएका छन्। उक्त खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ
नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् ।
दुवै टिमले यसअघि ५ पटक च्याम्पियन बनेको भारतलाई हराइसकेका छन् ।
भारतको दबदबालाई तोडिसकेका दुवै टोली अब फाइनल जितेर ट्रफी उचाल्ने योजनामा रहेका छन्।
नेपालले सेमिफाइनलमा भारतलाई १–० ले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । साफ इतिहासमै नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । नेपाल पाँचौ पटक फाइनल पुगेको हो । यस्तै बंगलादेशले पनि समूह चरणमा भारतलाई ३–० ले पराजित गरेको थियो ।
बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिप फाइनल पुग्ने क्रममा भुटानलाई सेमिफाइनलमा ८–० ले हरायो ।
साथै यस पटक नेपाललाई घरेलु दर्शकको ठूलो साथ रहनेछ । त्यहीमा टेकर प्रशिक्षक कुमार थापाले भनेका छन् ‘फ्यानले हामीलाई उर्जा दिनेछन् । हामी ट्रफी दिनेछौँ ।’
नेपालले समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले पराजित गरेको थियो ।