एजेन्सी। चीनको चाङ्सा सहरमा रहेको एउटा गगनचुम्बी भवनमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजले ४२ तले भवन आगोले क्षतिग्रस्त भएको छ ।
चाइना टेलिकमको क्षेत्रीय कार्यालय रहेको संरचनाबाट कालो धुवाँको बाक्लो बादल निस्किएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन ।