Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज संविधान दिवस, विविध कार्यक्रम गरी दिवस मनाइँदै


    सोमबार, असोज ३ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज संविधान दिवस  । २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । यसपटक ८औं संविधान दिवस मनाउन लागिएको हो । 

    संविधानसभाबाट २०७२ साल आजैको दिन तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । सोही स्मरणमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । 

    आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

    समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । सोही अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा समेत दिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार