Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बार अध्यक्ष घिमिरेले भने: जबराले सर्वोच्च फर्कन्छु भनेर अदालतमाथि नै मजाक गरे 


    आइतबार, असोज २ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । निलम्बित सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आरोप लगाएका छन् ।

    महाअभियोग सिफारिस समितिले महाअभियोगि लगाउनु पर्ने भनेर संसदलाई प्रतिवेदन समेत पेस गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्कन नमिल्ने उनले दाबी गरे ।

    ‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन । यो केवल अदालतमाथि मजाक भइराखेको छ’, उनले भने ।

    उनले संसदको कार्यकाल नसकिएको र सांसदहरुको मात्रै कार्यकाल सकिएकोले प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने उनले  सर्वोच्च अदालत परिसरमा पत्रकारसित कुरा गर्दै बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार