Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले बुझाउने समानुपातिक सूचीको टुंगो लागेन, भोलि फेरि बैठक  


    आइतबार, असोज २ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं। आगामी ४ मंसिरमा हुने निर्वाचनको लागि  माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीका बारेमा  पदाधिकारी बैठकमा छलफल गरेको छ । 

    आइतवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा समानुपातिक सूचीबारे छलफल भए पनि अझै निष्कर्षमा भने पुग्न बाँकी नै रहेको उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए। 

    समानुपातिक सूचीको अन्तिम टुंगो लगाउन सोमवार बिहान पदाधिकारी बैठक बस्ने तय भएको उनले जानकारी दिए । उनका अनुसार सूची टुंग्याउन भोलि बिहान ७ बजे फेरि पदाधिकारीको बैठक बोलाइएको छ ।

    निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको सूची पेश गर्ने कार्यतालिका तय गरेको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार