काठमाडौ । साताकाे पहिलाे कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रूपैयाँले बढेको हो । साथै आज (आइतवार) सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन शुक्रवार सुन तोलाको ९१ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १५ रूपैयाँले १ हजार १८५ रूपैयाँ कायम भएको छ । अघिल्लो काराेबार दिन चाँदी १ हजार १७० रूपैयाँमा कारोबार भएको थियो ।