काठमाडौँ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । आज बिहान गौतमको बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको हो ।
नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखएपछि आईसियुमा उपचार गरिंदै भेन्टिलेटरमा राख्नुपरेको थियो । सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका का,वा, पूर्व सभापति ७७ वर्षीय गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।