Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा भयानक बाढीः १५ सय बढी घर डुबानमा 


    शनिबार, असोज १ २०७९
    535
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। अविरल वर्षापछि आएको बाढीले कैलालीमा करिब १५ सय बढी घर डुबानमा परेका छन् ।  भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन् ।
     

    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको बताए । ती स्थानमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

    यसैगरी कैलालीमा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नवीना चौधरी बगेर बेपत्ता भएकी छन् ।  नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएपनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको स्थानीयले बताए । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार