Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसद अधिवेशन शनिबार मध्यरातिबाट अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस


    शुक्रबार, भाद्र ३१ २०७९
    970
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले प्रतिनिधिसभाको अधिवेशन भोलि १ असोज मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ। ३१ भदौ शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यराति १२ बजेदेखि संसद्को बर्खे अधिवेशन अन्त्य गर्न राष्ट्रपति  भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सरकारले संसद् अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए। 

    प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

    निर्वाचन आयोगले १ असोजको मध्यरातिदेखि सांसदको कार्यकाल सकिने निर्णय गरेको छ । शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै २ असोजमा समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका रहेकाले शनिबार नै सांसदको कार्यकाल सकिने निर्णय गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार