काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले आज नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।
केहि समयदेखि महानगरपालिकाले सडक मिचेर बनेका संरचना र पसल हटाउन डोजर चलाएको हो । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान पनि महानगरपालिकाले बानेश्वरबाटै सुरु गरेको थियो ।
महानगरपालिकाले बेसमेन्ट तथा अन्डर ग्राउन्डकाे व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने विभिन्न ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।