Nepal Face
  • आइतबार, १० साउन २०८३
  •   बाणिज्य बैंकले दशैंको लागि आइतबारदेखि उपत्यकामा नोट दिँदै 


    शुक्रबार, भाद्र ३१ २०७९
    2.8K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं उपत्यका भित्रका इजाजत प्राप्त ‘क’ वर्गका बाणिज्य बैंकहरुले असोज २ गते बाट दशैंको लागि सर्वसाधरणलाई नयाँ नोट सटही गरिदिने भएको छ । 

    नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गरिसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

    सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यका भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइट मार्फत सूचना दिन पनि राष्ट्र बैंकले बाणिज्य बैंकलाई भनेको छ । 

    राष्ट्र बैंकका अनुसार रु. ५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा एक/एक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइने छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार