काठमाडौँ। बाजुरामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा बुढीगंगा नगरपालिका-६ का ४० वर्षीय बिष्णु भारतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उनले ७० वर्षीया अशक्त बृद्धामाथि बुधबार राति बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो। त्यसको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।