Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  छोराले गरे आमाको हत्या


    शुक्रबार, भाद्र ३१ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाराको कलैया उपमहानगरपालिका-७ मा सौतेनी छोरा जयकिशोरले घाँटीमा धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन्। 

    आमाको हत्याको आरोप लागेका यादव अहिले फरार रहेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार जयकिशोर यादवले बिहीबार बेलुका धारिलो हतियार प्रहार गरी ५० वर्षीया तेतरीदेवी यादवलाई हत्या गरेपछि उनी फरार भएका हुन् ।

    प्रहरीले तेतरीका पति शिवनारायण र अर्का सौतेनी छोरा नवलकिशोरलाई नियन्त्रणमा लिएको छ ।

    घरायसी विवादका कारण तेतरीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरिक्षक रामकाजी थापाले जनाए। 

     ‘घटनाबारे थप अनुसन्धान भइरहेको र फरारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार