Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल 


    शुक्रबार, भाद्र ३१ २०७९
    470
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । साफ महिला च्याम्पियसिपअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा हुनेछ ।

    चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध  नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न साँढे पाँच बजे सुरु हुनेछ । सेमिफाइनलमा फेरी एकपटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ ।

    यस अघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रुपमा अन्तिम चारमा प्रवेश गरेका थिए  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार