Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल टेलिकमका एमडीविरुद्ध अख्तियारमा उजुरी 


    बिहिबार, भाद्र ३० २०७९
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल टेलिकमका म्यानेजिङ्ग डाइरेक्टर (एमडी) सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल टेलिकमका कर्मचारीहरुले आइपीटि र आइपीएलसी ब्याण्डविथ भाडामा खरिद गर्ने सम्बन्धमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै आज एपडी पौडेलविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । 

    उनीहरुले कम्पनीमा नयाँ एपडी पौडेल आएदेखि नै विभिन्न अनुचित चलखेलहरु भईरहेको दाबी गर्दै अख्तियारलाई छानविन गर्न माग गरेका छन् । जेठ २३ गते टेलिकमको केन्द्रीय कार्यालयमै बैठक बसेर छ अर्ब २२ करोड ५७ हजार भन्दा बढीको ब्याण्डविथ खरिद गर्न टेण्डर आह्वान गर्ने निर्णय गरिएको भएपनि एपडीले हालसम्म नयाँ टण्डर आह्वान नगरी बैठकको निर्णय विपरित काम गरेको उजुरीमा उल्लेख छ । 

    पुरानो टेण्डरको समय समाप्त भईसकेको भन्दै उनले अनुचित चलखेल गर्न थालेपछि  हालसम्म काम हुन नसकेको कर्मचारीहरुको आरोप छ । हालका एमडी पौडेल, सिटिओ प्रतिभा बैद्य, म्यानेजर देबेन्द्र खतिवडा र डा. बिमल आचार्यको मिलेमोतोमा नयाँ टेण्डर नखोली पुरानो सप्लायर्सलाई नै करिब १ वर्ष म्याद थपेर करोडौ कमिसन लिन लागेको उजुरीमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार