Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उच्च अंकले घट्यो नेप्से 


    बिहिबार, भाद्र ३० २०७९
    580
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको कारोबारको पाँचौं दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेकाे छ ।  कारोबारको सुरुवातदेखि नै ओरोलो लागेकाे नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो । 

    बिहीबार नेप्से ५७ अंकले घटेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, नेप्से घटेपनि कारोबार रकममा भने उच्च रहेको छ । आज नेप्सेमा २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

    यस्तै, कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटिजन्स म्युअल फण्ड २ को शेयरमूल्य ४.१२ प्रतिशतले बढेको छ ।  

    आज एनआइसी एसिया फ्लेक्सी क्याप  फण्डको सबैभन्दा बढी गिरावट भएको छ भने यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकले कमाएको  छ । यसको आज २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।         

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार