Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  ओलीले भने- प्रचण्डले अँगालो मारेर छुरा प्रहार गरे


    बिहिबार, भाद्र ३० २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि घात गरेको दाबी गरेका छन् । साथै प्रचण्डले अँगालो मारेर छुरा प्रहार गरेको ओलीको टिप्पणी छ।

    उनले नेकपाकालीन अवस्थामा  कार्यकारी अध्यक्षको पद दिएपछि प्रचण्डले आफूमाथिनै घात गरेको बताएका हुन। माओवादी केन्द्रका चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।

    ‘मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाउँ बलियो वामपन्थी शक्ति बनाउँ भनेर अध्यक्ष बनाउँदै नजिक राखेँ। म एकता एकीकरण भन्ने तर प्रचण्डले मैले दिएको वरदान प्रयोग गरेर मलाई साधारण सदस्यबाट निकाले मलाई भष्म बनाउन खोजे।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार