Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने 


    बिहिबार, भाद्र ३० २०७९
    860
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सांघाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरुको प्रमुखहरुको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । 

    आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा रुसका राष्ट्रपति पुटिनले भाग लिने भएका छन् ।

    सो सम्मेलनमा प्रधानमन्त्री मोदी पनि सहभागी हुँदैछन् । ‘हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकहरू हुनेछन्’ अलीपोभले एएनआईसँगको अन्तर्वार्तामा भनेका छन् ।

     कोभिड–१९ महामारीको दुई वर्षपछि सम्मेलन उज्वेकिस्तानको समरकन्दमा बिहीबारदेखि सुरु हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार