Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीसहित सबै मन्त्रीले सम्पत्ति विवरण बुझाए, सार्वजनिक गरिँदै


    बिहिबार, भाद्र ३० २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । केहि दिनआघि सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (हिजोसम्म) सबैले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । 

    मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार यो आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई सम्पत्ति विवरण बुझाउन हिजोसम्मको समयसीमा थियो । उक्त अवधिमा मन्त्रिपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण बुझाएको एक अधिकारीले बताए। 

    ती अधिकारीका अनुसार आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । “सबैजना (प्रधानमन्त्री र मन्त्री)ले सम्पत्ति विवरण बुझाउनुभएको छ । कार्यालयमा उहाँहरूको सम्पत्ति विवरण प्राप्त भएको छ,” उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार