काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा हिजो साँझ सवा ६ बजे माइक्रो बसले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गएको छ।
मृत्यु हुनेका पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् ।
हिजो ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।
माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ