Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फुलकोर्टको निर्णयः बयानका लागि न्यायाधीश आउन मिल्दैन


    बुधबार, भाद्र २९ २०७९
    555
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले महाअभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको बैठकले यस्तो निर्णय गरेको हो । 

    महाभियोग सिफारिस समितिले चोलेन्द्रले आरोप लगाएका दलका नेताबाहेकलाई बयान लिनका लागि पत्र पठाएकै भोलिपल्ट न्यायाधीशहरूले आफूहरूले जान नमिल्ने निर्णय गरेका छन् ।

    आफू विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि हाल सिफारिस समितिसँग बयान दिइरहेका चोलेन्द्रले सर्वोच्च अदालतका केही न्यायाधीशदेखि वरिष्ठ वकिल, नेता, पत्रकारहरूको नाम लिएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार