Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रीका भाई रामकृष्णले दिए डेढ सय विद्यार्थीलाई छात्रवृत्ति


    बुधबार, भाद्र २९ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बुटवलको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले करिब डेढ सय विद्यार्थीलाई छात्रवृत्ति दिएका छन् । आज ५८ औँ बाल दिवसको अवसरमा नगरपालिकाभित्र कार्यक्रमको आयोजना गर्दै उनले जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिएका हुन् । 

    मेयर खाँणले आफ्नो सेवा सुविधाबाट पालिकाभित्रका ४२ सामुदायिक विद्यालयका १५९ विद्यार्थीलाई चार हजारका दरले छात्रवृत्ति बाडेको नगरपालिका सूचना अधिकारी माधव प्रसाद पोख्रेले जानकारी दिए । 

    गृह मन्त्री बाल कृष्ण खाँणका भाई समेत रहेका उनले स्थानीय तह निर्वाचन घोषणापत्रमै पालिकाबाट आएको सेवा सुविधाबाट छात्रवृत्ति दिने घोषणा गरेका थिए । तर, यसअघिका नगरप्रमुखले  नै पालिकाभित्रका जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिने गरेका थिए । उनकै निर्णयलाई नगर प्रमुख खाणले निरन्तरता दिएको सूचना अधिकारी पोख्रेलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार