काठमाडौँ। साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से ४७ दशमलव ४४ अंकले बढेको छ। आज नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले बढेर १९ सय ८१ दशमलव ४८ अंकमा चढ्न सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव १९ अंकले बढेर तीन सय ८५ दशमलव ३६ अंकमा चढ्न सफल भएको छ । नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको ३१ हजार २३ पटकको कारोबारमा ४६ लाख १८ हजार पाँच सय १६ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ४५ करोड ३८ लाख २४ हजार छ सय ५० रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुुंदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले बढ्दा नेप्से पुरै हरियो भएको छ ।
यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये ग्रिन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन्। एनआईसी एशिया फेल्क्सी क्याप फण्ड, मैलुङ खोला जलबिद्युत कम्पनी आदिले गुमाएका छन् ।
त्यस्तै नविल बैंक, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, अपी पावर लिमिटेड आदिले भने आज बढी रकम कारोबार गरेका छन्।