Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगरको डोजर आज सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि 


    बुधबार, भाद्र २९ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान जारी राख्दै आज सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

    अवैध संरचना हटाउन पटक-पटक आग्रह गरेता पनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले बताएको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो ।

    सोह्रखुट्टे चोकमा डोजर चल्न थालेपछि केही घरधनी र महानगर प्रहरी बीच विवाद भएको छ ।

    त्यस्तै, महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार