Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डुबेर दुई जनाको मृत्यु  


    बुधबार, भाद्र २९ २०७९
    450
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। धादिङ र दाङमा डुबेर दुई जनाको ज्यान गएको छ । 

    धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ चिम्बाङ बस्ने ३८ वर्षीय मुसा चेपाङको ताल्ती खोलास्थित मलेखु जलविद्युत आयोजनाको ड्याममा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ ।  

    त्यस्तै, दाङको राप्ति गाउँपालिका–८ पिपरा बस्ने श्याम बस्नेतको साढे दुई वर्षको छोरा सुवान बस्नेतको घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ । 

    कुलोमा डुबेर अशक्त भएका उनको लमही अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । 

    घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार