काठमाडौँ। यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल आज भारतसँग भिड्ने भएको छ।
श्रीलंकामा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६–० ले पराजित गरेको थियो भने भारतले बंगलादेशलाई २–१ ले हराएको थियो दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ ।
चौथोपटक फाइनल पुगेको नेपालका लागि पहिलोपटक उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि तीनपटक नेपाल फाइनल पुगेर पनि भारतसँग निरास बन्दै आएको छ ।
नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ भारतमाथि समूह चरणमा जित निकालेको भए पनि फाइनल भिडन्त कठिन हुने बताए ।