Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा ३५ वर्षीया महिला बलात्कृत 


    बुधबार, भाद्र २९ २०७९
    555
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापामा एक जना ३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार पक्राउ गरेको छ । 

    दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    उक्त जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार