Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  पहिरोका कारण तीन जिल्लाका सडक अवरुद्ध 


    बुधबार, भाद्र २९ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  पहिरोका कारण लमजुङ, म्याग्दी र दार्चुलाका सडक अवरुद्ध भएका छन् । 

    लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित डुम्रे–बेसिशहर सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

    म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

    दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडस्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक  पूर्ण रुपमा अवरुद्ध भएको छ । 

    त्यस्तै, पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार