Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर डेंगु संक्रमित दश हजार नजिक 


    मंगलबार, भाद्र २८ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमतीमा ७ हजार ४ सय ४० जनामा डेंगु देखिएको छ । 

    सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १३ सय  ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार