Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उत्तरपुस्तिकामा मोबाइल नम्बर र नाम लेख्ने चारको परीक्षा रद्द 


    मंगलबार, भाद्र २८ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । कर्णाली प्रदेश लोकसेवा आयोगले परीक्षकलाई प्रभावित पार्न उत्तरपुस्तिकामा मोबाइल नम्बर र आफ्नो नाम लेख्ने परीक्षार्थीलाई कारबाही गरेको छ । आयोगले सूचनामार्फत परीक्षकलाई प्रभाव पार्ने गरी उत्तरपुस्तिकाको भित्रि पृष्ठमा आफ्नो मोबाइल नम्बर, नाम र रोल नम्बर लेख्ने चार जना परीक्षार्थीहरुको परीक्षा रद्द गरिएको जानकारी दिएको हो । 

    आयोगले प्राविधिकतर्फ भेटेरिनरी पाँचौँ तहको जेठ ७ गते लिएको परीक्षमा सुर्खेतका परीक्षार्थी दिनेश कडेलले आफ्नो उत्तरपुस्तिकामा मोबाइल नम्बर लेखेर परीक्षकलाई आर्थिक प्रलोभन देखाएका थिए । सोही कारण आयोगद्वारा सञ्चालन हुने परीक्षा उनले दुई वर्षसम्म दिन नमिल्ने गरी कारबाहीमा परेका हुन् । कडेलले हाल दिएका लोकसेवा आयोगका सबै परीक्षाहरु रद्द गरिएको आयोगले जनाएको छ । 

    यसैगरी उत्तरपुस्तिकामा पास गराइदिन अनुरोध गरी आफ्नो नाम र रोल नम्बर उल्लेख गर्ने २०५, २१० र ९१२ रोल नम्बर भएका परीक्षार्थीहरु कारबाहीमा परेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार