Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप २०३ जनामा काेराेना संक्रमण


    मंगलबार, भाद्र २८ २०७९
    570
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर थप दुई सय तीन जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे । 

    संकलित नमूनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएकाे थियाे । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएकाे थियाे । 

    नेपालमा हालसम्म काेराेना निकाे हुनेकाे संख्या नाै लाख ८४ हजार सात सय १० पुगेकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार