Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रानीको जस्तै पहिरन लगाएर मजाक उडाएको अभियोगमा दुई वर्ष जेल


    मंगलबार, भाद्र २८ २०७९
    655
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। थाइल्याण्डको अदालतले सडक प्रदर्शनका क्रममा रानीको पहिरन लगाएर मजाक उडाएको भन्दै  एक अभियन्तालाई जेल सजायको फैसला सुनाएको छ।

    रानीको जस्तै लुगा लगाएर प्रदर्शनमा उत्रिएर मजाक उडाएको भन्दै २५ वर्षीया  कार्यकर्ता सी याङलाई सोमबार दुई वर्ष कैदको फैसला सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ। सन् २०२० मा बैंककमा भएको राजनीतिक प्रदर्शनमा उनले गुलाबी रंगको पोसाक लगाएकी थिइन्।

    सामान्यत: थाइल्याण्डकी रानी त्यस्तो पहिरनमा बाहिर जाने र उनको सम्मानमा अरू भुइँमा बस्ने भएकाले यो दृश्यले नियतवश नै रानीको मजाक उडाएको अदालतको ठहर छ।

    उनले आफूमाथि लगाइएको शाही अपमानको आरोप अस्वीकार गरेकी छिन् । आफूले भर्खरै परम्परागत पोसाक लगाएको उनले बताएकी छिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार