Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाेलेन्द्रले नाम लिएकालाई पनि बयानका लागि सिफारिस समितिले बोलाउने


    मंगलबार, भाद्र २८ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर राणाले बयानका क्रममा नाम लिएका व्यक्तिलाई पनि महाभियोग सिफारिस समितिले बयानका लागि बोलाउने निर्णय गरेको छ ।

    मंगलबार भएको सिफारिस समितिको बैठकमा समितिले बयानका क्रममा यसबारे छलफल गरेको हो । समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको छ ।

    आफूमाथि लागेको अभियोगबारे राणाले बयानका क्रममा नेपाल बारका पूर्व पदाधिकारीदेखि सत्ता गठबन्धनका सांसद समेतका नाम लिएका थिए । 

    मंगलबारकाे समितिको बैठकमा सडक जामकाे कारण देखाउँदै राणा उपस्थित भएका छैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार