चिनियाँ नेता ली चान्सुकाे भ्रमणले काठमाडाैंकाे सडक अस्तव्यस्त (फाेटाे फिचर)
मंगलबार, भाद्र २८ २०७९
2K
Shares
१ मिनेट पाठ
2K
सेयर
काठमाडाैं । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राख्दा राजधानी काठमाडाैंकाे ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेकाे छ ।
मंगलबार बिहानदेखि उच्चस्तरीय भेटघाट सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् । साथै सवारीसाधन र सर्वसाधारणलाई आवतजावतमा सास्ती झेल्नु परेको छ।
उनले मंगलबार बिहान नयाँबानेश्वरस्थित संसद भवनमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । यस्तै, संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।