Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  मंकीपक्सबाट अमेरिकामा एक जनाको मृत्यु


    मंगलबार, भाद्र २८ २०७९
    535
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। पछिल्लो समय मंकीपक्स विश्वव्यापीरुपमा फैलिरहेको छ। संयुक्त राज्य अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक मृत्यु भएको पुष्टि भएको लस एन्जलस काउन्टी सार्वजनिक स्वास्थ्य विभागले जनाएको छ ।

    पीडितको मृत्यु मंकीपक्स संक्रमणबाट भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मुलन केन्द्रले पुष्टि गरेको छ । विरामीलाई अस्पतालमा उपचार गरिएको र उनको प्रतिरोध क्षमता कमजोर रहेको थियो ।

    अधिकारीहरूले भनेका छन् कि मृत्युको बारेमा कुनै अन्य जानकारी सार्वजनिक गरिनेछैन । लस एन्जलस काउन्टी अफ पब्लिक हेल्थ विभागले पोस्टमार्टम रिपोर्टबाट मृत्युको पुष्टि भएको जनाएको छ ।

    अमेरिकामा मंकीपक्सका कारण मृत्यु भएको यो पहिलो रेकर्ड हो । यो वर्ष अमेरिकामा लगभग २२ हजार मंकीपक्सका घटनाहरू सम्भावित वा पुष्टि भएका रूपमा रेकर्ड भएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार