एजेन्सी। पश्चिमी टोरन्टोमा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित दुई जनाको ज्यान गएको छ । स्थानीय मिडियाका अनुसार गोली चलाउदा कम्तीमा तीन जना घाइते भएका छन्।
एक सशस्त्र संदिग्धको बारेमा प्रहरीले अलर्ट जारी गरेको छ । अलर्ट जारी गरेको केही समयपछि मिल्टननजिक प्रहरीले अर्का संदिग्धलाई पक्राउ गरेको थियो ।
मिल्टन प्रहरीले ट्वीट गरेको छ, ‘एक जनाको घटनास्थलमै मृत घोषणा गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ ।’