Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  डोरीले घाटी कसेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ


    मंगलबार, भाद्र २८ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। 

    उक्त घटनाको आधारमा प्रहरीले दोलखा भिमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई पक्राउ गरेको हो । 

    उनले ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको प्रहरीले बताएको छ । 

    गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको थियो । 

    घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो । 

    लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग झगडा भएको कारण डोरीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।  

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार